पेट्रोलियम पदार्थको मूल्य घट्यो

सिमराः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
मूल्य घटेसँगै पहिलो वर्गका पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५७ रुपैयाँ पचास पैसा पर्नेछ । डिजेल तथा मट्टितेलको मूल्य एक सय ४५ रुपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य एक सय ४७ रुपैयाँ पर्नेछ ।
यसैगरी तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ तोकिएको छ । डिजेल र मट्टितेलको मूल्य एक सय ४८ रुपैयाँ पर्नेछ ।
इन्डियन आयल कपर्नेरेशनबाट प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्य अनुसार पेट्रोल लिटरमा पाँच रुपैयाँ, डिजेल र मट्टीतेलमा एक रुपैयाँ मूल्य घटाइएको हो ।
