राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण


eShilalekh

५ आश्विन २०८२, आईतवार १३:५३

सिमराः राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् ।

संघीय संसद्का दुवै सदनबाट यसअघि पारित गरिएको विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्