तीन दिनका लागि लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक


eShilalekh

१८ आश्विन २०८२, शनिबार ११:२७

सिमराः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका बस तथा काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

देशका केही भागमा धेरै भारी वर्षा हुने पूर्वानुमानपछि प्राधिकरणले असोज १८ देखि २० गतेसम्म लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न मधेस, बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको सूचनामा उल्लेख छ ।

साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायहरूलाई सवारी आवागमन रोक्न, गराउन, तथा सोको निरन्तर अनुगमन र निगरानी गर्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्