अविरल वर्षाका कारण असोज १९ र २० गते सार्वजनिक बिदा


eShilalekh

१८ आश्विन २०८२, शनिबार १९:०६

सिमराः सरकारले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

अविरल वर्षाका कारण सम्भावित प्राकृतिक विपद् र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक अन्य सबै सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने जानकारी दिएको छ ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ ।

हाल देशका विभिन्न स्थानहरुमा अविरल वर्षा भइरहेकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, सुरक्षित स्थानमा रहन र सावधानी अपनाउन विशेष आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्