बारागढी गाउँपालिकाका वडा अध्यक्ष साहको निधन, शोक विदा घोषणा


eShilalekh

१४ कार्तिक २०८२, शुक्रबार १४:५४

सिमराः बारागढी गाउँपालिका वडा नं ६ गढहलका वडा अध्यक्ष तथा गाउँपालिका कार्यपालिका सदस्य निरज कुमार साहको उपचारका क्रममा निधन भएको छ ।

परिवारका अनुसार बुधबार राती ९ः४५ बजे उपचारको क्रममा उनको निभन भएको हो ।

गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय साहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गरेका छन् ।

यसैगरी गाउँपालिकाले कात्तिक १४ गते शोक विदा घोषणा गरेको छ । सो दिन गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालयहरू तथा गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी निकायहरू बन्द रहनेछन् । साथै, स्वर्गीय साहको सम्झनामा राष्ट्रिय झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरिएको छ ।

गाउँपालिकाले अन्त्येष्टि कार्यक्रममा सबै जनप्रतिनिधि र कर्मचारीलाई सहभागिता जनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्