सर्लाहीबाट २३ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ


eShilalekh

२९ आश्विन २०८३, बिहीबार १३:३९

सर्लाही: सर्लाहीको हरिवनबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिवन नगरपालिका-४ का ३२ वर्षीय सागर पाख्रिन र २५ वर्षीय राज भुजेल रहेका छन्।

लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले हरिवन नगरपालिका-४ स्थित क्षेत्रबाट २३.३१० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हेरोइनका साथै लागूऔषध जोख्न प्रयोग गरिने एक थान डिजिटल तराजु र दुई थान मोबाइल फोनसमेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद गरिएका सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिवनमा बुझाइएको लागु औषध नियन्त्रण ब्यूरोका सह–प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जिवन निरौलाले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्