७१औं प्रहरी दिवसको अवसरमा बारामा विशेष कार्यक्रम सम्पन्न


eShilalekh

३० आश्विन २०८३, शुक्रबार १५:४६

सिमराः जिल्ला प्रहरी कार्यालय बाराले ७१औं प्रहरी दिवसको अवसरमा शुक्रबार एक विशेष समारोहको आयोजना गरी कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

समारोहमा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, अमर प्रहरी परिवारका सदस्यहरू, विभिन्न राजनीतिक दलका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, पूर्व प्रहरी कर्मचारीहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको ७१औं प्रहरी दिवस तथा विजया दशमी २०८३ को शुभकामना मन्तव्य वाचन गरिएको थियो । कार्यक्रममा संचारकर्मी धिरेन्द्र तिवारी, श्यामबाबु यादवलाई सम्मान गरिएको थियो ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरलगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिमा अमर प्रहरी परिवारका सदस्यहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्