पथलैया यु२० फूटवलः न्यु जनजागृति युथ क्लब बिजयी


eShilalekh

२४ श्रावण २०७९, मंगलवार १०:०४

सिमराः पथलैयामा जारी प्रथम पथलैया यु२० नकआउट फूटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा न्यु जनजागृति युथ क्लब निजगढ विजयी भएको छ ।

पथलैयास्थित खेल मैदानमा भएको खेलमा निजगढले आरटी युथ क्लब रामवन टाडीलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमले १-१ बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा निजगढले ५-४ को जित निकालेको हो । जितसंगै निजगढ प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । निजगढका रोहन तिमिल्सिना खेलको म्यान अफ दि म्याच घोषित भए । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की अध्यक्ष चयन गुरुङले म्यान अफ दि म्याच वितरण गरेकी थिईन् ।

प्रतियोगिता अन्तर्गत मंगलवार न्यु हिमाल युवा क्लब निजगढ र सिद्धबाबा युवा क्लबबीच खेल हुनेछ ।

युवा जागरण क्लब र दिब्य ज्योती क्लबको संयुक्त आयोजनामा भईरहेको प्रतियोगितामा जिल्लाका १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ३० हजार र उपबिजेताले २० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्