एपीएफले उचाल्यो प्रथम कोल्हबी भलिबल कपको उपाधी


eShilalekh

२९ फाल्गुन २०७९, सोमबार २०:५८

सिमराः प्रथम कोल्हबी भलिबल प्रतियोगिताको उपाधी एपीएफ क्लबले उचालेको छ । फाइनल खेलमा अर्को विभागिय टिम नेपाल पुलिस क्लबलाई साोझो सेटमा पराजित गर्दै एपीएफले उपाधी जितेको हो ।

पुलिसलाई लगातार तीन सेटमा पराजित गर्दै एपीएफले पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको उपाधी उचाल्न सफल भएको हो । यसैगरी मधेस प्रदेश क्लबलाई पराजित गर्दै पाथिभरा क्लब झापाले तेस्रो स्थान हात पारेको छ । मधेस प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै झापा तेस्रो भएको हो ।

प्रतियोगिताको विजेता एपीएफले दुई लाख पाँच हजार, उपविजेता पुलिसले एक लाख पाँच हजार र तेस्रो हुने झापाले ५५ हजार नगद प्राप्त गरेको छ । प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले पुरस्कार वितरण गरेका थिए ।

कोल्हबी नगरपालिकाको सहयोगमा जनशक्ति क्लबले प्रतियोगिताको आयोजना गरेको थियो ।

यसैगरी मैत्रीपूर्ण महिला भलिबल खेलमा सर्लाही बिजयी भएको छ । सर्लाहीले बारालाई सोझो सेटमा पराजित गरेको हो । प्रतियोगिताको समापन समारोहका अवसरमा मैत्रीपूर्ण खेल राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्