वीरगन्ज युथलाई प्रथम वडाकपको उपाधी


eShilalekh

३ बैशाख २०८०, आईतवार ०९:५०

सिमराः वीरगन्ज युथ एकेडेमीले जीतपुरसिमरा ११ मा आयोजना गरिएको प्रथम वडा कप फूटबलको उपाधी जितेको छ । रामवन टाडी युवा क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै वीरगन्ज युथले उपाधी उचालेको हो ।

निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निकालिएको हो । उपाधी विजेता वीरगन्ज युथले ५० हजार र उपविजेताले रामवन टाडी क्लबले २५ हजार नगद प्राप्त गरेको छ ।

विजेता र उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, वडाध्यक्ष विन्दालाल साह, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।

चैत २५ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्