सिटिजन्स बैंकका सेवाग्राहीले हंग्री फास्टफुडमा छुट पाउने


eShilalekh

३ माघ २०७८, सोमबार २१:४९

निजगढ: सिटिजन्स बैंकका सेवाग्राहीले अब निजगढस्थित हंग्री फास्टफुडबाट लिने सेवामा छुट पाउने भएका छन् ।

बैंक र फास्टफुडबीच सोमबार भएको सम्झौताअनुसार सिटिजन्स बैंकमा खाता संचालन रही प्रिभिलेट, क्रेडिट, डेभिट कार्ड लिएका सेवाग्राही र बैंकका कर्मचारीले हंग्री फास्फुडबाट लिने सेवामा १५ प्रतिशत छुट पाउने भएका हुन् ।

सम्झौतामा वैंकका निजगढ शाखा प्रमुख प्रशान्त कुमार कर्ण र होटल संचालन अमर स्याङतानले हस्ताक्षर गरेका छन् । छुट प्राप्त गर्न सेवाग्राहीसंग कार्ड साथमा हुनुपर्नेछ ।

फास्टफुडमा खाजा, खानालगायत अन्य सेवा लिएका सेवाग्राहीले प्रिभिलेज, क्रेडिट र डेविट कार्ड देखाएपछि छुट पाउनेछन् । यो सम्झौता एक वर्षको लागि हुनेछ । सिटिजन्स बैंकको देशभरका सेवाग्राहीले यो सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्