नेकपा एमाले सर्लाहीको सपथ ग्रहण सम्पन्न


eShilalekh

२५ जेष्ठ २०८१, शुक्रबार २२:२०

सिमराः नेकपा एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटीमा निर्वाचित पदाधिकारी र सदस्यको सपथ ग्रहण शुक्रबार सम्पन्न भएको छ । एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न भएको हो ।

सपथ ग्रहण कार्यक्रमलाई एमाले महासचिव शंकर पोखरेलसहित केन्द्रीय सचिव एमाले मधेस इन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य कमल महतो, प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, एमाले नेताहरु आरती भण्डारी, रेवती पन्त, गणेश प्रसाई, अध्यक्ष राजनारायण साह, पूर्व जिल्ला अध्यक्ष मनोज देवकोटालगायतले सम्बोधन गरेका थिए ।

बैशाख ३० गते अधिवेशन सुरु भई नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनले साहको नेतृत्वमा एक सय २५ सदस्यीय जिल्ला कमिटी चयन गरेको थियो । कमिटीको उपाध्यक्षमा विदुर पोखरेल, सचिवमा डिल्ली अधिकारी, उपसचिवमा बलराम मगर र विभा नेपाल निर्वाचित भएका थिए ।

अध्यक्ष साह र लेखा समिति संयोजक रमेश चौलागाईंलाई निर्वाचन अधिकृत रमेश न्यौपानेले सपथ ग्रहण गराएका थिए भने अन्य पदाधिकारीलाई जिल्ला अध्यक्ष र सदस्यलाई लेखा समिति संयोजकले सपथ गराएका थिए ।

अध्यक्ष मण्डलका अध्यक्ष एवम् मधेस प्रदेश कमिटी अध्यक्ष मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रदेश सचिव मनोज पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्