बारामा सोनाम ल्होछारको रौनक


eShilalekh

१३ असार २०७८, आईतवार ०३:१०

सिमरा : तामाङ समुदायले बारामा २८५६औं सोनाम ल्होछार पर्व उल्लासका साथ मनाएका छन् । 

पर्वको अवसरमा जिल्लाका विभिन्न स्थानमा तामाङ समुदायले सांस्कृतिक तथा अन्य कार्यक्रमको आयोजना गरेका छन् । ल्होछार पर्वलाई तामाङ मात्र नभई अन्य समुदायले पनि उत्साहका साथ मनाइरहेका छन् । 

न्यु सुन्दरबस्ती युवा क्लबले डुमरवानामा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नायक नाजिर हुनेस, ¥यापर लाहुरे, भोजपुरी गायक सुनिल पण्डितसहित विभिन्न कलाकारको प्रस्तुति हेर्न डुमवानामा सर्वसाधारणको भिड लागेको थियो । 

प्रतिक्रिया दिनुहोस्