पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो


eShilalekh

१ पुष २०८१, सोमबार ११:५२

सिमराः नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

सोमबार विहान देखि लागू हुनेगरी पेट्रोलको मूल्य २ रुपैयाँले बढेको तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य परिवर्तनसँगै स्वदेशी बजारमा प्रभावकारी मूल्य समायोजन गर्नुपर्ने आवश्यकता महसुस गर्दै निगमले पेट्रोलको मूल्य बढाएको र डिजेल तथा मट्टितेलको मूल्य घटाएको जनाएको छ ।

नयाँ मूल्य सूचीअनुसार वीरगञ्ज, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज र धनगढीमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १५९ रुपैयाँ पुगेको छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सुर्खेत र दाङ डिपोअन्तर्गत पेट्रोल प्रतिलिटर १६१ रुपैयाँमा उपलब्ध हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ तोकिएको छ । त्यस्तै काठमाडौँ, पोखरा र दिपायल डिपोअन्तर्गत पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १६२ रुपैयाँ पुगेको छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम भएको छ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्