स्रोत नखुलेको भन्दै प्रहरीद्धारा झण्डै ७२ लाख मूल्य बराबरको समान नियन्त्रणमा


eShilalekh

२९ पुष २०८१, सोमबार २३:०१

सिमराः प्रहरीले अमलेखगञ्जबाट झण्डै ७२ लाख मूल्य बराबरको समान नियन्त्रणमा लिई पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले सवारी जाँचका क्रममा नियन्त्रणमा लिएको ७१ लाख ७४ हजार मूल्य बराबरको औषधी तथा भाडालगायतको समान नियन्त्रणमा लिएको हो ।

वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको प्र २–०३–००१ ख २८८८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा बिलबिजक भन्दा बढी समान लोड भएको र उक्त समानको बिलबिजक नभेटिएपछि ट्रकलाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन् । प्रहरीले ट्रकसहितको समान राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्