तेक्वान्दो संघको मधेस प्रदेश अधिवेशन सम्पन्न


eShilalekh

१५ चैत्र २०७८, मंगलवार १०:५२

निजगढ: नेपाल तेक्वान्दो संघ मधेस प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । निजगढमा सम्पन्न अधिवेशनले पेमासिद्धी लामाको अध्यक्षतामा १६ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा लक्ष्मण भण्डारी र सुरेश लामा चयन भएका छन् । यसैगरी महासचिवमा राजकुमार लामालाई चयन गरिएको छ । कमिटीको सचिव शमशेर थापा र कोषाध्यक्ष नारायण शर्मा चयन भएका छन् ।

कमिटीको सदस्यमा भाइकाजी श्रेष्ठ, धनबहादुर लामिछाने, मुक्ती यादव, रविन्द्र यादव, मोहन सापकोटा, सुमन लामा, बिमश पाख्रिनलगायत रहेका छन् । हिमेश घिमिरेको नेतृत्वमा रहेको निर्वाचन मण्डलले सर्वसम्मत् रुपमा प्रदेश कमिटी चयन गरेको हो ।

यसअघि अधिवेशनको उद्घाटन निजगढ नगरपालिकाका मेयर सुरेश खनालले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मेयर खनालले तेक्वान्दो खेलको विकासका लागि नगरपालिका सधै सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी यानकुमारी चौलागाई र कुमार मानन्धरलाई सम्मान गरिएको थियो । अन्र्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक जितेका चौलागाई निजगढ र मानन्धर वीरगन्जका हुन् ।

कार्यक्रममा नेपाल तेक्वान्दो महासंघका केन्द्रीय महासचिव दीपराज गुरु», केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, कुमार घिसि», प्रदेशको सात जिल्लाका अध्यक्ष, निजगढ नगरपालिकाका वडाध्यक्षसहित जनप्रतिनिधिलगायतको उपस्थिती रहेको थियो । लामाको अध्यक्षतामा सम्पन्न अधिवेशनको संचालन लक्ष्मी पाण्डेले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्