रौतहटले उचाल्यो निजगढ मेयर गोल्डकपको उपाधी


Author

eShilalekh

April 4, 2022 1:32 am

निजगढ: रौतहटको नेपाल खेलकुद क्लवले निजगढ मेयर गोल्डकप फूटबल प्रतियोगीताको उपाधि जितेको छ । नव जनजागृति युवा क्लबलाई ३-१ गोलले पराजित गर्दै रौतहटले उपाधी उचालेको हो ।

रौतहटलाई उपाधी दिलाउने क्रममा फोडे फोफनाले दुई र म्याक्सवेलले एक गोल गरे । जनजागृतिका लागि टोनिसले एक गोल फर्काए ।

उपाधी विजेता रौतहटले एक लाख पचाँस हजार र उपविजेता जनजागृतिले ७५ हजार प्राप्त गरेको छ । विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक निजगढका रविन बस्नेत, डिफेन्स जनजागृतिका सागर चौलागाईं, मिडफिल्डर रौतहटका रोशन पुरी, फरवार्ड रौतहटका म्याक्सवेल र उदयीमान खेलाडीको उपाधि निजगढका संजित धामीले प्राप्त गरे । विधागत रुपमा उत्कृष्ट खेलाडीहरुले जनही पाँच हजार प्राप्त गरेका छन् ।

विजेता तथा उपविजेता टिमलाई निजगढका नगरपालिकाका प्रमुख सुरेश खनाल, उपप्रमुख लिलादेवी लामिछाने खनाललगायत पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्