जीतपुरसिमराले पायो पहिलो महिला वडाध्यक्ष, एमालेकी गुरुङको प्यानल विजयी


eShilalekh

४ जेष्ठ २०७९, बुधबार ०७:५४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १४ मा नेकपा एमालेकी उम्मेदवार चयन गुरुङको प्यानल विजयी भएको छ । उपमहानगरपालिकाकै पहिलो महिला वडाध्यक्षको रुपमा निर्वाचित हुने क्रममा गुरुङले लोकप्रिय मत प्राप्त गरिन् ।

गुरुङले एक हजार तीन सय २५ मत प्राप्त गरेकी हुन् । उनको निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका भरतप्रसाद भण्डारीले ९ सय २३ मत प्राप्त गरे । गुरुङ चार सय दुई को फराकिलो मतान्तरले विजयी भएकी हुन् ।

उक्त वडामा एमालेमा महिला सदस्य उम्मेदवार रामपति थरुनी, दलित महिला सदस्य उम्मेदवार गिता सार्की, सदस्य उम्मेदवारहरु तेज नारायण चौधरी र यमनाथ ढकाल विजयी भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ को अन्तिम मतपरिणामः
नेकपा एमाले
प्रमुखः ११२०
उपप्रमुखः १०७०
वडाध्यक्षः १३२५
महिला सदस्यः ११९६
दलित महिला सदस्यः १२०६
खुल्ला सदस्यः ११३१
खुल्ला सदस्यः ११९५

गठबन्धन
प्रमुख (माओवादी): ११३९
उपप्रमुख (कांग्रेस): ८४२

प्रतिक्रिया दिनुहोस्