जीतपुरसिमरा १५ मा माओवादी केन्द्रका लामिछाने विजयी


eShilalekh

४ जेष्ठ २०७९, बुधबार ०९:४९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रका रामप्रसाद लामिछाने वडाध्यक्षमा निर्वाचित भएका छन् । आफ्ना चार सदस्यसहित वडाध्यक्षमा निर्वाचित हुने क्रममा लामिछानेले एक हजार ४८ मत प्राप्त गरेका छन् ।

उनको निटकतम प्रतिद्धन्दी नेकपा एमालेका राजकुमार अर्यालले सात सय ६६ र नेपाली कांग्रेसका नमराज संजेलले ६ सय ६ मत प्राप्त गरे । लामिछानेले दुई सय ८२ मतको मतान्तरले जित हात पारेका हुन् ।

लामिछाने दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । उनि अघिल्लो स्थानीय तह निर्वाचनमा पनि अर्याललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ को अन्तिम मतपरिणामः
नेकपा एमाले
प्रमुखः ६३३
उपप्रमुखः ५४४
वडाध्यक्षः ७६६
महिला सदस्यः ७६८
दलित महिला सदस्यः ७६४
खुल्ला सदस्यः ७३८
खुल्ला सदस्यः ७०५

गठबन्धन
प्रमुख (माओवादी): १२७८
उपप्रमुख (कांग्रेस): ८९३

नेकपा माओवादी केन्द्र
वडाध्यक्षः १०४८
महिला सदस्यः ९२१
दलित महिला सदस्यः ९६९
खुल्ला सदस्यः ९०५
खुल्ला सदस्यः ८३२

नेपाली कांग्रेस
वडाध्यक्षः ६०६
महिला सदस्यः ६५४
दलित महिला सदस्यः ५७६
खुल्ला सदस्यः ५७५
खुल्ला सदस्यः ५४७

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः १२३
उपप्रमुखः ५४३

प्रतिक्रिया दिनुहोस्