जीतपुरसिमरा १२ मा एमालेको प्यानल विजयी


eShilalekh

४ जेष्ठ २०७९, बुधबार २१:४६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १२ मा नेकपा एमालेका उम्मेदवार श्याम बाबु खाँको प्यानल विजयी भएको छ ।

त्रिपक्षीय प्रतिस्पर्धामा जित निकाल्ने क्रममा खाँले सात सय ४६ मत प्राप्त गरे । उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका लालबाबु प्रसाद चौधरीले ६ सय ६३ मत प्राप्त गरे ।

खाँ र चौधरीबीच ८३ मतको मतान्तर छ । यसैगरी एकिकृत समाजवादीका ईश्वर ढकालले पाँच सय ७७ मत प्राप्त गरे ।

उक्त वडामा नेकपा एमालेका महिला सदस्य पदका उम्मेदवार पुनम कुमारी चौधरी, दलित महिला सदस्य उम्मेदवार प्रतिमा कुमारी, सदस्य उम्मेदवार ठगा खाँ थारु र होमनाथ पण्डित निर्वाचित भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १२ को अन्तिम मतपरिणामः
नेकपा एमाले
प्रमुखः ९८०
उपप्रमुखः ८०८
वडाध्यक्षः ७४६
महिला सदस्यः ७५६
दलित महिला सदस्यः ७६१
खुल्ला सदस्यः ७५०
खुल्ला सदस्यः ७७२

गठबन्धन
प्रमुख (माओवादी): ५१३
उपप्रमुख (कांग्रेस): ६९८

नेपाली कांग्रेस
वडाध्यक्षः ६६३
महिला सदस्यः ६६२
दलित महिला सदस्यः ६५२
खुल्ला सदस्यः ६२१
खुल्ला सदस्यः ६१३

नेकपा एकिकृत समाजवादी
वडाध्यक्षः ५७७
महिला सदस्यः ५५२
दलित महिला सदस्यः ६६३
खुल्ला सदस्यः ५४१
खुल्ला सदस्यः ५१२

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः ४२
उपप्रमुखः २७

प्रतिक्रिया दिनुहोस्