निजगढमा अन्तर्राष्ट्रिय तेक्वान्दो सुरुः लुम्बिनीको अग्रता, मधेस पछ्याउदै (पदक तालिकासहित)


eShilalekh

४ जेष्ठ २०८०, बिहीबार २२:३८

निजगढः बाराको निजगढमा सुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण जित्दै लुम्बिनीले अग्रता लिएको छ । पहिलो दिनको खेल सम्पन्न हुँदा तीन स्वर्ण र एक रजत पदक जित्दै लुम्बिनीले अग्रता लिएको हो ।

लुम्बिनीका लागि ४६ केजी तौल समूहमा रुपा बुढाथोकी, ४८ केजीमा जस्मिन चौधरी र ५८ केजीमा नवराज बस्नेतले स्वर्ण पदक जितेका हुन् । बुढाथोकीले कोशीकी रिशिका भुजेल, चौधरीले मधेस प्रदेशका निश्चल धामी र बस्नेतले बागमतीका सुरेश होङ लिम्बुलाई फाइनल भिडन्तमा पराजित गरेका थिए ।

यता पहिलो दिनको खेल सम्पन्न हुँदा मधेस प्रदेश दोस्रो स्थानमा देखिएको छ । मधेस प्रदेशले दुई स्वर्ण, दुई रजत र तीन कास्य पदक जित्दै लुम्बिनीलाई पछ्याइरहेको छ । मधेस प्रदेशका लागि ४० केजी तौलम समूूहमा नदिम हुसेन र ४३ केजीमा सिद्धार्थ प्रजापतीले स्वर्ण पदक जितेका हुन् । हुसेनले लुम्बिनीका निशेष केजी र प्रजापतीले सुदूरपश्चिमका विकाश चौधरीलाई फाइनल भिडन्तमा पराजित गरेका हुन् ।

पदक तालिकाको तेस्रो स्थानमा रहेको बागमती प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्य जितेको छ । बागमतीका लागि ४३ केजी तौल समूहमा सदीक्षा कार्कीले स्वर्ण दिलाएकी हुन् । उनले कोशीकी सारा नेम्वाङलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

एक स्वर्ण र दुई कास्य पदक जितेको कर्णाली पदक तालिकामा चौथो, कोशी पाँचौ र सूदुरपश्चिम छैठौं स्थानमा छ । कर्णालीका लागि ४० केजी तौलम समूहमा ललिता बुढाले कर्णालीलाई स्वर्ण दिलाएकी हुन् । उनले मधेस प्रदेशकी खुशी ठाकुरलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

प्रतियोगिताको पहिलो दिन सात वटा तौल समूहको खेल सम्पन्न भएको छ । प्रतियोगितामा नेपालको ६ वटा प्रदेश, भारत, बंगलादेशका खेलाडी सहभागी छन् । यस्तो छ पदक तालिकाः

महिलाः ४० केजी
ललिता बुढा– कर्णाली– स्वर्ण
खुशी ठाकुर– मधेस– रजत
आरती बिष्ट– सुदूरपश्चिम– कास्य

महिलाः ४३ केजी
सदीक्षा कार्की – बागमती – स्वर्ण
सारा नेम्वाङ – कोशी – रजत
सुलोचना चौधरी – कर्णाली – कास्य
सलिना यादव – मधेश – कास्य

महिलाः ४६ केजी
रुपा बुढाथोकी – लुम्बिनी – स्वर्ण
रिशिका भुजेल – कोशी – रजत
दिया रजक – बागमती – कास्य
एलिसा अर्जेल – मधेस – कास्य

पुरुषः ४० केजी
नदिम हुसेन– मधेस – स्वर्ण
निशेष केसी – लुम्बिनी– रजत

पुरुषः ४३ केजी
सिद्धार्थ प्रजापति – मधेस – स्वर्ण
विकाश चौधरी– सुदूरपश्चिम – रजत
राहुन होङ लिम्बु –बागमती – कास्य

पुरुषः ४८ केजी
जस्मीन चौधरी – लुम्बिनी – स्वर्ण
निश्चल धामी – मधेस – रजत
निशान्त प्याकुरेल – कर्णाली – कास्य
सुशन थापा – कोशी – कास्य

पुरुषः ५८ केजी
नवराज बस्नेत – लुम्बिनी– स्वर्ण
सुरेश होङ लिम्बु – बागमती – रजत
करण साह बानिया – मधेस – कास्य
सुरज मगर – कोशी – कास्य

मधेस प्रदेश तेक्वान्दो संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख यादवले तेक्वान्दो प्रतियोगिताका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल तेक्वान्दो महासंघका केन्द्रीय महासचिव दीपराज गुरुङ, नेपाल सितेरियो कराँते महासंघका केन्द्रीय अध्यक्ष युवराज लामा, निजगढ नगरपालिकाका पूर्व नगरप्रमुख सुरेशकुमार खनाल, पूर्व उपप्रमुख लिलादेवी लामिछाने खनाललगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा निजगढ नगरपालिका, गढीमाई नगरपालिकाका नगर प्रमुख यादव, निजगढ नगरपालिकाका पूर्व नगर प्रमुख खनाल, पूर्व उपप्रमुख खनाललाई सम्मान गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्न दुई स्थानीय तहका वर्तमान र पूर्व जनप्रतिनिधिको भूमिका अहम रहेको भन्दै संघले सम्मान गरेको हो ।

संघका अध्यक्ष पेमासिद्धी लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण भाइकाजी श्रेष्ठले गरेका थिए । कार्यक्रममा संघका प्रदेश महासचिव राजकुमार लामाले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्