दि लायन्स युनाइटेड सेमिफाइनलमा प्रवेश


eShilalekh

९ जेष्ठ २०८०, मंगलवार ००:४०

सिमराः दि लायन्स युनाइडेड क्लब प्रथम एकता युवा क्लब नकआउट फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा ४ स्थित औराह खेल मैदानमा सोमबार भएको खेलमा लायन्सले घण्टीमाई फूटबल क्लबलाई २-१ ले पराजित गरेको हो ।

जितसंगै लायन्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । यसअघि आइतवार भएको खेलमा सुन्दरबस्ती फूटबल क्लबलाई २-१ ले पराजित गर्दै योङब्वाईज सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनल खेल हुँदैछ ।

एकता युवा क्लबको आयोजनामा बैशाख २९ गतेदेखि सुरु भएको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी भिडन्त जेठ १३ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्